ताजा अपडेटः

अबैध ढुङ्गा सहित २ वटा ट्याक्टर नियन्त्रणमा

अबैध ढुङ्गा सहित २ वटा ट्याक्टर नियन्त्रणमा प्रकाशित मिति: १९ माघ २०७९, बिहीबार ०७:१६

 

कल्पना खरेल, सुनवल । गएराती नारायणी नदिबाट टेक्टरमा लाेड गरि अबैध रूपमा ल्याउदै गरेकाे २ वटा ट्याक्टर नवलपरासीको सुस्ता-३, पथ्थरकलाबाट नियन्त्रणमा लिईएकाे छ ।
प्रहरी चौकी कुडियाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएकाे प्रहरीकाे गस्ती टोलीले राति ११:१५ बजे चाेरीगरी ल्याउदै गरेकाे अबस्थामा लु ४ त २९५ र लु ४ त १८१५ नं. को ट्याक्टर साे ठाउँबाट नियन्त्रणमा लिईएकाे हाे ।
ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि गाउँपालिका सुस्तामा पठाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकमरी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
यतिबेला दुबै ट्याक्टरको चालकहरु फरार रहेकोले खोजीकार्य पनि भैरहेको डिएसपी पाण्डेकाे भनाई छ ।



Ads