ताजा अपडेटः

सुनवल -३ कीर्तिपुरमा कभर्डहलकाे शिलान्यास

कल्पना खरेल
सुनवल -३ कीर्तिपुरमा कभर्डहलकाे शिलान्यास प्रकाशित मिति: १८ माघ २०७९, बुधबार १३:४३

सुनवल। पश्चिम नवलपरासीको सुनवलमा आज एक कार्यक्रमकाे आयाेजना गरि कभर्ड हलकाे शिलान्यास गरिएको छ।
कभर्ड हल उपभोक्ता समितिका अध्यक्ष कुल प्रसाद भट्टराईको अध्यक्षता तथा सुनवल नगर उपप्रखुमा सुर्य दुवेकाे प्रमुख आतित्थ्यतामा सुनवल-३,किर्तिपुरमा साे कभर्डहलको शिलान्यास गरीएकाे हाे ।

उक्त  कभर्ड हलकाे शिलान्यास गर्द‌ै नगर उप्रमुख दुवेले आफू कुरामा नभई काममा विश्वास गर्ने जिकिर गर्नुभयाे ।
साथै उहाँले  कभर्ड एउटा वडाको मात्र जिम्मेवारी नभई नगर भित्रकै आयोजना भएकोले बजेट अभाव हुन नदिनका लागि  प्रदेश र संघिय सरकारमा पहल गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नुभयाे ।
नगर उपप्रमुख दुवेले खेलकुदले ब्यक्ति र समाजलाई स्वस्थ र अनुसाशित बनाउन अहम भुमिका खेल्ने हुदा स्थानीय सरकार खेल विकासमा उल्लेखनीय भुमिका खेल्ने स्पष्ट पार्नुभयाे ।

त्यसैगरी साेहि कार्यक्रममा बाेल्दै वडा नम्बर ३ का वडा अध्यक्ष  पबिन गुरुङ्गले आफ्नो वडालाई नमुना वडा बनाउने गरी बिकास कार्य अगाडि बढाएको बताउनु भयो ।
उता कभर्डहल उपभोक्ता समितिका अध्यक्ष कुल प्रसाद भट्टराईले वडा देखि नगरको समग्र बिकासका लागि  सम्पुर्ण खेलाडिलाई एकै ठाउँमा समाबेश गराने गरी तेक्वान्दो,भलिबल र टीटी लगायतका खेल खेल्न मिल्ने कभर्डहलको निर्माण गरीएकाे उल्लेख गर्नुभयाे ।

भुमिकला न्यौपानेको स्वागत र  सस्थांकी  सचिव कमला रानाकाे  संचालन रहेकाे कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा, वडा नम्बर ८ का अध्यक्ष देव बहादुर गुरुङ लगायत कार्यपालिका सदस्य जुठि माया पुन, कार्यपालिका सदस्य बिनोद टोमटा खाती, वडा ३ सदस्य लक्ष्मी परियार,निर्वतमान वडा अध्यक्ष कर्ण बहादुर सेन लगायत जनप्रतिनिधिहरु, टोल विकास संस्थाका अध्यक्ष,खेल प्रेमी शुभचिन्तक लगायतको उपस्थिति रहेकाे थियाे।

कभर्ड हल निर्माणका लागि नगरपालिकाले ६० लाख रुपैयाँ कभर्ड निर्माणको लागि उपलब्ध गराएको छ।




Ads