ताजा अपडेटः

यूनिक बालक्लबकाे आयोजनामा चम्चा दाैड र कुर्सी दाैड प्रतियोगिता सम्पन्न

यूनिक बालक्लबकाे आयोजनामा चम्चा दाैड र कुर्सी दाैड प्रतियोगिता सम्पन्न प्रकाशित मिति: ७ माघ २०७९, शनिबार १९:३२

 

सागर पाैडेल,सुनवल । सुनवल नगरपालिका वडा नम्बर १ अन्तर्गत रुपौलिया टोलमा यूनिक बालक्लबको आयोजनामा चम्चा दौड र कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको छ ।

युनिक बालक्लबका अध्यक्ष किरियल घिमिरेको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सो प्रतियोगिता सम्पन्न भएको हो ।

सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले आजको बालबालिका भनेको भोलिको कणर्धार भएको बताउदै सुनवल नेपालकै प्रथम बालमैत्री स्थानीय तह भएकोले पनि सबै बालबालिका अनुसासित भई काम गर्नुपर्नेमा जोड दिनुभयो ।

वडा बाल संजालका अध्यक्ष शुसान्त श्रेष्ठ, आवास बाल क्लबका अध्यक्ष राजन पाण्डे, इन्द्रेणी आमा समुहकी सह सचिब कल्पना घिमिरे, बालबालिका स्वयम सेवक हुम कुमारी थापा लगाएको मन्तव्य राख्नुभएको थियो ।


प्रतियोगिता अन्तर्गत चम्चा दौडमा अनुष्का क्षेत्री, कल्पना थापा द्धितिय र समिप जि.सी तृतिय भएका छन् भने कुर्चि दौडमा सिमरन थापा प्रथम आयम तिवारी दित्तिय र रुतल पौडेल तृतिय भएका छन् ।
क्लबका उपाध्यक्ष आयुस तिवारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिब हिमानी थापाले गर्नु भएको थियो ।



Ads