ताजा अपडेटः

आज नेपाल मगर संघकाे आयोजनामा सुनवलमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

आज नेपाल मगर संघकाे आयोजनामा सुनवलमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न प्रकाशित मिति: २ माघ २०७९, सोमबार १९:५०

 

 

कल्पना खरेल,सुनवल ।नेपाल मगर संघ बनाहा ईकाइ समिति सुनवल १ र २ को आयोजनामा आज शुभकामना आदान-प्रदान तथा विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मगर संघ बनाहा इकाई समितिका अध्यक्ष तिल बहादुर राना मगरको अध्यक्षता,नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेस सदस्य एवम् वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतित्थ्यता तथा मगर बौद्ध सेवा संघका केन्द्रिय सचिव धनिराम रानाको बिशिष्ट आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन बहादुर थापा मगरले मगर समुदायको आफ्नै भेषभुषा, धर्म, सस्ंकृति र रितिरिवाज भएकोले यसलाई संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

साथै उहाँले स्थानीय सरकारको दायित्व भएको हरेक धर्म र सस्ंकृतिको जगेर्ना गर्नु रहेको बताउदै यसप्रति आफु कतिबद्ध रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा मगर समुदायले आफ्नो मौलिक भेषभुषमा विभिन्न सास्ंकृतिक नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी सोहि कार्यक्रममा ९३ वर्ष उमेर पुगेका २ जना जेष्ठ नागरिक र एसईई, + द्द मा उत्कृष्ट अंक ल्याएर उतिणर् हुने ४ जना मगर समाजमा आवद्ध सदस्यको छोराछोरीलाई प्रसंसा पत्रले सम्मान गरीएको थियो ।
यसैविच कार्यक्रममा धनुषबाण, छेलो फाल्ने, रसि तान्ने र घैटो फुटाउने खेल खेली रमाईलो गरीएको थियो ।

 


इकाई समितिका सचिव लक्ष्मी प्र्रसाद बुढाथोकीले संचालन गर्नुभएको कार्यक्रममा बौद्ध सेवा संघ केन्द्रिय सचिव धनिराम राना, निबर्तमान वडा अध्यक्ष बिन प्रसाद बुढाथोकी, याम बहादुर लम्तरी,कणर् बहादुर थापा, नर बहादुर राना लगाएतले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।