ताजा अपडेटः

महिला उद्यम केन्द्र व्यवस्थापन समिति सुनवलको प्रथम अधिबेशन तथा साधरणसभा आज सम्पन्न

महिला उद्यम केन्द्र व्यवस्थापन समिति सुनवलको प्रथम अधिबेशन तथा साधरणसभा आज सम्पन्न प्रकाशित मिति: २९ पुष २०७९, शुक्रबार २०:४९

 

 

कल्पना खरेल,सुनवल ।महिला उद्यम केन्द्र व्यवस्थापन समिति सुनवल १ को दर्ता पछिको प्रथम अधिबेशन तथा साधारणसभा आज सम्पन्न भएको छ ।

महिला उद्यम केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सिता भण्डारीको अध्यक्षता,सुनवल नगरपालीकाको नगर प्रमुख विमला अर्यालको प्रमुख आतित्थ्यता एवम् वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा को विशिष्ट आतित्थ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगर प्रमुख बिमला अर्यालले यस महिला उद्यम केंद्रलाई यहाँ सम्म ल्याउनुहुने सस्थांका निवर्तमान अध्यक्ष, बर्तमन अध्यक्ष, समितिका सबै पदाधिकारी लगाएत सल्लाहकार समिति सबैलाई धन्यवाद दिदै दर्ता पछिको प्रथम अधिबेशनबाट निर्बाचित सबैलाई शुभकामना व्यक्त गर्नुभयाे ।

 

उहाँले नगरपालिकाले महिलाहरुको निम्ति महिला विद्यालय देखी महिला उद्यमशिलता केन्द्र, सेफ केन्द्र लगाएतका विभिन्न कार्यक्रम रहेको बताउदै महिलाहरु उद्यमी र व्यबसाय हुनुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष मन बहादुर थापा मगर, सदस्य कृष्ण बहादुर छेत्री, प्रर्शुराम कवर, बाल कुमारी दर्जी ,निबर्तमान कार्यपालिका सदस्य शान्ता भण्डारी, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिब हिमलाल पराजुली, अम्बिका थापा लगाएतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा अध्यक्षको प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष सीता भन्डारीले प्रस्तुत गर्नु भएको थियाे भने सस्थांकाे साङ्गठनिक प्रतिबेदन सस्थांका सचिब समिक्षा सिन्जापतीले प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी आर्थिक प्रतिबेदन संस्थाकी कोषाध्यक्ष लक्ष्मी पौडेलले प्रस्तुत गर्नु भएको थियो ।

सस्थांकी उपाध्यक्ष दिल कुमारी खत्रीकाे स्वागत रहेकाे कार्यक्रमको संचालन सचिव समिक्षा सिन्जापतीले गर्नु भएको थियोे !



Ads