ताजा अपडेटः

वडा बाल संजाल सुनवलकाे आयोजनामा प्रथम वडा स्तरिय खुल्ला व्याटमिन्टन प्रतियोगिता सम्पन्न 

वडा बाल संजाल सुनवलकाे आयोजनामा प्रथम वडा स्तरिय खुल्ला व्याटमिन्टन प्रतियोगिता सम्पन्न  प्रकाशित मिति: १७ पुष २०७९, आईतवार ०६:४७

कृष्ण थापा,सुनवल।सुनवलमा वडा बाल संजालकाे आयोजनामा प्रथम वडा स्तरिय खुल्ला व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । वडा न.३ वडा बाल संजालका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा र वडा सदस्य तथा कार्यपालिका सदस्य भुमिकला शर्माको विशेष आतिथ्यतामा साे प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा १७ समूह पुरुष र ९ समूह महिला बिच प्रतिस्पर्धा भएको थियो । खेल पुरुष बिच डवल भने महिला बिच सिङ्गल प्रतिस्पर्धा गराइएको थियो ।
पुरुष तर्फकाे खेलमा दर्शन श्रीस र ध्रुव पौडेल प्रथम, प्रतीक परियार र समिर थापा द्वितीय र निश्चल राना,साजन क्षेत्री,सम्राट तिवारी र दिनेस क्षेत्री सान्त्वना भएका छन् । त्यसैगरी महिला तर्फकाे खेलमाा कृतिका लिम्बु प्रथम ,एप्लिन पुन द्वितीय र सिमिवन तामाङ सान्त्वना भएकी छन् ।
खेलमा पुरुष तर्फ प्रथम पुरस्कार एक-एक सेट जर्सी,एक-एक ओटा व्याटमिनटन , मेड्ल र प्रमाणपत्र ,द्वितीय पुरस्कार एक-एक ओटा व्याटमिन्टन,मेड्ल र प्रमाणपत्र र सान्त्वना पुरस्कार भने मेड्ल र प्रमाणपत्र राखिएको थियो।
यसै गरि महिला तर्फ प्रथम पुरस्कार एक सेट जर्सी,एक सेट व्याटमिन्टन,मेड्ल र प्रमाणपत्र , द्वितीय पुरस्कार एक सेट व्याटमिन्टन ,मेड्ल र प्रमाणपत्र र सान्त्वना पुरस्कार मेड्ल र प्रमाणपत्र राखिएको थियो ।
निशा थापाकाे संचालन रहेकाे कार्यक्रममा वडा सदस्य लक्ष्मी परियार ,श्याम गुरुङ , गिर ब.बुढाथोकी ,बाल मैत्री स्वयंसेवक शान्ती श्रीस,टोल बिकास समिती टोम लाल भण्डारी , महिला उधम केन्द्र सचिव गौमाया काला थापा , मन माया श्रीस , निर्वनमान वडा सद्स्य रन ब. पुन लगाएतकाे उपस्थित रहेकाे थियाे ।



Ads