ताजा अपडेटः

भारतीय प्रधानमन्त्री मोदिको आमाको मृत्यु

भारतीय प्रधानमन्त्री मोदिको आमाको मृत्यु प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार १६:४७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको आज मृत्यु भएको छ। मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा आज बिहान साढे तीन बजे निधन भएको हो।
स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो।प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गर्नुभएकाे हाे ।
उहाँले ट्वीट मार्फत भन्नुभएकाे छ , ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम’। आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ।’



Ads