ताजा अपडेटः

प्रथम वडा अध्यक्ष कप प्रतियाेगिता आजबाट सुनवल ४ मच्छेरमारा खेलमैदानमा सुरू 

प्रथम वडा अध्यक्ष कप प्रतियाेगिता आजबाट सुनवल ४ मच्छेरमारा खेलमैदानमा सुरू  प्रकाशित मिति: ९ पुष २०७९, शनिबार १९:२९

प्रदिप न्यौपाने,सुनवल। पश्चिम नवलपरासीको सुनवल ४ मच्छेरमारामा प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियाेगीता आजबाट सुरु भएको छ ।तमुल्होछारको अवसरमा युवा लक्षित शशक्तिकरण तथा खेलकुद कार्यक्रम उपभोत्ता समितिद्वारा प्रथम वडाध्यक्ष कप फुटवल प्रतियाेगीता शुरु भएको हो ।
प्रतियाेगितालाई उद्वघाटन गर्दै प्रमुख अतिथि नवनिर्वाचित प्रदेश सभा सदस्या खड्क वस्नेतले आफ्नो क्षेत्रमा खेलकाे सुरूवात हुनु खुसिकाे कुरा भएकाे बताउदै आफ्नो कार्यकालमा जिल्लालाई ज विकास निर्माणमा परिवर्तनको महसुस गराउने गरि काम गरि देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
त्यसैगरी साेहि कार्यक्रममा बाेल्दै कार्यक्रमका अध्यक्ष तथा वडा नम्वर ४ का वडाध्यक्ष वालकृष्ण पंगेनीले खेलप्रति युवालाई रुचि बढाउने र खेलमार्फत युवालाई अाफ्नाे क्षमता पहिचान गर्ने उदेश्यले खेलकाे अायाेजना गरीएकाे बताउनुभयाे ।
साथै अध्यक्ष पंगेनीले खेलका लागि वडाबाट ३ लाख रुपैया विनयाेजन गरीएकाे बताउनुभयाे गरेको । उहाँले बाकि अपुग रकम विभिन्न संघ संस्थाको सहयोबाट व्यवस्थापन गरिने समेत जानकारी दनिुभयो ।
खेलकाे उद्घाटन कार्यक्रममा सुनवल नगरपालिकाका संस्थापक नगरप्रमुख भिम वहादुर थापा, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, मुल पानी सामुदायीक वनका अध्यक्ष यज्ञ प्रसाद पाण्डे , जिल्ला फुटवल संघका अध्यक्ष धन प्रसाद गुरुङ, वडा नम्वर ४ का नर्वितमान अध्यक्ष वीर वहादुर गुरुङ, समाजसेवी किशाेर कुमार कर्माचार्य, जगत प्रसाद पौडेल लगाएत विभिन्न संघसस्थाका प्रमुख तथा प्रतनिधि, आमा समुह , टोल विकाश समितीका अध्यक्ष तथा प्रतिनिधी लगाएत खेलप्रेमहिरुको उपस्थिति रहेकाे थियाे ।
प्रतियाेगिता सुनवल नगरपालीका भित्रका १३ वटा वडा र आयोजक टिमबाट २ वटा टिम गरी १४ वटा टिमको सहभागीता रहेको छ । जसमा विजेता समुहले ५१ हजार र उपविजेता समुहले ले ३१ हजार नगद सहित ट्रफि पाउने युवा लक्षित शशक्तिकरण तथा खेलकुद कार्यक्रम उपभोत्ता समितिका अध्यक्ष कृष्ण वहादुर कण्डेलले बताउनुभयो ।
त्यस्तै खेलअवधभिर उत्कृष्ट खेलाडिलाई १० हजार, खेल अवधिभर सर्वाधकि गोलकर्तालाई १० हजार र उत्कृष्ट गोलकिप्परलाई १० हजार दिइने बताईकाे छ ।
अाजके पहिलाे खेल वडा नम्वर १० र वडा नम्वर ३ बिच सम्पन्न भएको छ । जसमा वडा नम्वर १० ले वडा नम्वर ३ लाई ० का विरूद्ध २ गोल गर्दै बजयी भएकाे हाे ।अाजकाे खेलमा वडा नम्वर १० का जर्सि नम्वर १ का लाल वहादुर गाहा म्यान अफ द म्याच घाषित भएका छन् । भाेलीकाे खेल वडा नम्बर ५ र वडा नम्बर ८ विच हुनेछ ।



Ads