ताजा अपडेटः

राष्ट्रिय स्वतन्त्र पार्टि नवलपरासीको मासिक जिल्ला बैठक सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टि नवलपरासीको मासिक जिल्ला बैठक सम्पन्न प्रकाशित मिति: ९ पुष २०७९, शनिबार १८:५१

सागर पौडेल,सुनवल।राष्ट्रिय स्वतन्त्र पार्टि जिल्ला कार्यसमिती पश्चिम् नवलपरासीको मासिक जिल्ला बैठक परासिमा सम्पन्न भएको छ ।

पार्टीका जिल्ला सभापती बिनोद कंडेलको अध्यक्षता बसेकाे बैठकमा जिल्ला भित्र रहेका सम्पुर्ण न.पा र गा.पा का वडाहरुमा संगठन बिस्तार,पार्टी कार्यलय स्थापना, आर्थिक संकलन लगायत विविध बिषयमा छलफल भएकाे थियाे ।

साथै बैठकले जिल्ला भित्रका सम्पुर्ण वडाहरुमा पुष महिना भित्र समिती गठन गर्नु पर्ने, जिल्ला, नगरपालिका गाउपालिकाले आफ्नो खर्च आफै गर्ने गरि कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको छ । साे वैठकमा जिल्ला कार्यसमिति लगाएत पालिका संयोजकहरुको उपस्थिति रहेकाे थियाे ।

जिल्ला उपाध्यक्ष सागर पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन जिल्ला सचिव मदन पौडेलले गर्नु भएको थियो ।



Ads