ताजा अपडेटः

पश्चिम नवलपरासीमा  एक सय किलो माछा नियन्त्रणमा 

पश्चिम नवलपरासीमा  एक सय किलो माछा नियन्त्रणमा  प्रकाशित मिति: ८ पुष २०७९, शुक्रबार १९:५५

कल्पना खरेल,सुनवल।पश्चिम नवलपरासीको सशस्त्र प्रहरी क्याम्प बिओपी हरपुरले एक सय किलो माछा नियन्त्रणमा लिई नष्ट गरेको छ । सशस्त्र प्रहरी हरपुरका सहायक प्रहरी निरिक्षक बोहोराको कमान्डमा खटिएको टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं ४ स्थित पाल्हि भगवती मन्दिर नजिकबाट अबैध रुपमा भन्सार छलि ल्यादै गरेको सो माछा नियन्त्रणमा लिई नष्ट गरेको हो ।

नियन्त्रणमा लिईएको माछा ३० हजार बराबरको रहेका बिओपी हरपुरका प्रमुख एवम् सस्त्र प्रहरी निरिक्षक सुरेन्द्र बहादुर बोहोराले जानकारी दिनुभएको छ ।

माछा पशु क्वारेन्टाइन चेकपोस्ट महेशपुरका प्रमुख शुभम सोती, बिओपी हरपुरका ससस्त्र प्रहरी नायब निरिक्षक रामनरेश अहिर, संचारकर्मी र स्थानीयको रोहबरमा खाल्डो खनि गाडिएको छ ।