ताजा अपडेटः

वर्दघाटमा आयाेजीत औधाेगिक व्यापार मेलामा दर्शककाे उत्साहजनक उपस्थिति,अनुगमनका क्रममा भेटियाे अखाद्य बस्तु

वर्दघाटमा आयाेजीत औधाेगिक व्यापार मेलामा दर्शककाे उत्साहजनक उपस्थिति,अनुगमनका क्रममा भेटियाे अखाद्य बस्तु प्रकाशित मिति: ५ पुष २०७९, मंगलवार ०६:२६

अस्मिता भुसाल,बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट उघोग वाणिज्य संघ नवलपरासि द्वारा बर्दघाट्मा आयोजित छैठौँ कृषि पर्यटन तथा औधोगिक व्यापार मेला २०७९ मा आज चौथो दिन दर्सकको उत्साह जनक  उपस्थिती रहेको थियो। मुख्य आकर्षणमा  गायक कुलेन्द्र बिश्वकर्मा,मधु परियार,र गायिका लक्ष्मी बस्नेतको प्रस्तुती रहेको थियो।
सोमबार अन्दाजी १५ हजार दर्शक ले मेला अबलोकन गरेको र कुल २५ लाख बराबर कारोबार भयेको संघ का माहासचिव दिनेश न्यौपाने ले जानकारि दिनु भएको छ। नवलपरासि जिल्लालाई पर्यटकिय जिल्लाको रुपमा परिचित गराउने उद्धेश्यका साथ यस क्षेत्रको धार्मीक ऐतिहासिक सांस्कृतिक पर्यटकिय र जैविक विविधताको संरक्षण तथा प्रचार प्रसार गरि समग्र आर्थिक तथा समाजिक क्षेत्रको बिकास गराउन  रार्ष्टिट्रय तथा अन्तर्राष्ट्रिय  वजार सम्म औधोगिक लधु उधम तथा कृषि जन्य उत्पादनको बजार बिस्तार गर्न साथै शिक्षा स्वासथ्य र कृषि क्षृेत्रको प्रवद्र्धन एवं सुचना तथा विज्ञान प्रविधिको व्यापक प्रचार प्रसारमा टेवा पुर्याउने उद्धेश्यका साथ मेला सञ्चालन गरिएको आयोजक सस्था का अध्यक्ष लेखनाथ न्यौपाने ले जानकारी दिनुभएको । न्यौपानेका अनुसार मेला अवलोकन गर्न आउने अवलोकनकर्ताहरु नठगिउन र उत्कृष्ट सेवा पाउनु पर्ने मान्यता अनुसार आफूहरुले स्टल हरुको अनुगमन गरि रहेको बताउदै आफू पनि उपभोक्ता रहेको हुदा मेला मा बिक्रि गरिने बस्तुको नियमित अनुगमन गरी उपभोक्ताको हितमा सँघ सधै सजक रहेको बताउनुभयो।   
अनुगमन उप समितिका सँयोजक पदम सुनारको नेतृत्वमाअनुगमनका क्रममा मेला बाट ज्ञवाली अचार खरिद विक्री पसल बाट स्टलमा म्याद गुज्रिएको अखाद्य वस्तु भेटियेको हुदा तत्काल प्रहरी र पत्रकार को रोहवरमा नष्ट गरियेको सँयोजक सुनारले बताउनु भयो।
मेला महोत्सव भिडभाड हुने र मौका छोपी अखाद्य वस्तुको विक्रि वितरण समेत हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै हामीले अनुगमन लाई तिब्रता दियेको र सोहि क्रममा भेटिएको अचार, पुष्टकारी, सुनपापडी लगायतका अखाद्य वस्तु नियन्त्रणमा लिइ तत्काल नष्ट गरेको र आगामी दिनमा समेत अनुगमन लाई निरंतरता दिने बताउनु भयो।
पुष १ देखी सुरु भएको मेला पुष ११ गतेसम्म सँचालनमा रहने छ ।



Ads