ताजा अपडेटः

सिद्वार्थनगर नगरपालिका रूपन्देहीद्वारा सुर्तीजन्य पदार्थ विक्रि वितरणमा प्रतिवद्व

सिद्वार्थनगर नगरपालिका रूपन्देहीद्वारा सुर्तीजन्य पदार्थ विक्रि वितरणमा प्रतिवद्व प्रकाशित मिति: ४ पुष २०७९, सोमबार २१:५२

कल्पना खरेल,बुटवल। सिद्वार्थ नगरपालिका रूपन्देहीले नगरक्षेत्रभित्र गुट्का प्रकृतिका सुर्तीजन्य पदार्थ विक्रि वितरणमा प्रतिबद्ध लगाएकाे छ ।
एक सुचना जारी गरि नगरपालिकाले यस्ता गुट्का प्रकृतिका सुर्तीजन्य पदार्थकाे सेवनले जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्ने र साे बाट निस्कने फाेहाेरले नगरकाे साैदर्यमा समेत असर पर्ने बताउदै साे प्रतिबद्ध लगाएकाे हाे ।

सिद्वार्थनगर नगरपालिकाले सुर्तीजन्य तयारी पदार्थकाे विक्रिगर्न नपाइने भन्दै ३५ दिने सुचना जारी गरेकाे छ ।
प्रमुख प्रशासकीय अधिकृत नवराज पाैड्यालद्वारा हस्ताक्षरित सुचनामा नगरपालिकाकाे याे अनुराेधलाई अवेज्ञा गरे प्रत्येक पटक व्यवसायीबाट ५ हजारकाे दरले जरीवाना लिइने जनाईएकाे छ ।



Ads