ताजा अपडेटः

बर्दघाट घटना:प्रारम्भिक अनुसन्धानमा प्रेममा धोका भएको ठानी हत्या गरीएको रहश्य

बर्दघाट घटना:प्रारम्भिक अनुसन्धानमा प्रेममा धोका भएको ठानी हत्या गरीएको रहश्य प्रकाशित मिति: ९ मंसिर २०७९, शुक्रबार १५:४४

बर्दघाट:यहि मसिंर ६ गते राती पश्चिम नवलपरासीको वर्दघाटमा भएको घटनाको प्रारम्भिक अनुसन्धानमा प्रेममा धोका भएको ठानी हत्या गरीएको खुल्न आएको छ ।
अनुसन्धानका क्रममा अभियुक्त वर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानी घर भएका ५० वर्षिय ज्ञानेन्द्र बहादुर रानाले प्रेममा धोका भएको ठानी सहन नसकि खुकुरी प्रहार गरी हत्या गरेको स्वइकारेका छन् ।
अभियुक्त रानाले वागलुङ्ग बाढिघाट गाउँपालिका वार्ड नम्बर ४ घई भई विगत ५ वर्षदेखि बर्दघाट नगरपालीका वडा नम्बर ४ हाडबजार लाईनमा नास्ता पसल संचालन गर्दै आएकी ४५ वर्षकी विष्णु कुमारी काउछा सगँ आफ्नो विगत ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीलाई बताएका छन् ।
उनले पुर्व नवलपरासी गैंडाकोट बस्ने दिलिप कुमार राना केहि महिना देखि बहिनी नाता पर्ने कारण आफ्नी प्रेमिका काउछा को पसलमा खाजा खान आउने कुरा आफुलाई मन नपरेको पनि प्रहरीलाई बताएका छन् ।
सोहि क्रममा मसिंर ६ गते राति ८ बजे प्रेमिका काउछाको कोठामा दिलिप कुमार लाई देखिपछि नजिकै रहेको खुकुरी निकाली पहिला दिलिप कुमारलाई प्रहार गरेको र निज अचेत भई रगताम्मे अवस्थामा ढलेपछि सोहि खुकुरीले आफ्नी प्रेमिका काउछालाई प्रहार गरेको अभियुक्त ज्ञानेन्द्र बहादुर बताएका छन् ।
त्यसपछि उनी सो खुकुरी दिलिप कुमार रहेको कोठामा फाली बर्दघाटको भित्रि बाटो हुदै घर गई सुतिरहेको अवस्थामा विहान ९ बजे अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गम्भिर घाईते विष्णु कुमारी काउछाको अहिले मेडिकल कलेज भैरहवामा उपचार भईरहेको र उनको अवस्था गम्भिर रहेको प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी भोजराज पाण्डेले बताउनुभएको छ ।
साथै अभियुक्त रानाको जिल्ला अदालत नवलपरासीबाट कर्तव्य ज्यान मुद्धामा ५ दिनको म्याद लिई अनुसन्धान भईरहेको पाण्डेले बताउनुभयो ।