ताजा अपडेटः

भोट स्वतन्त्रलाई भन्दै खड्गको साथमा मतदाता

भोट स्वतन्त्रलाई भन्दै खड्गको साथमा मतदाता प्रकाशित मिति: १७ कार्तिक २०७९, बिहीबार २१:१५

 सुनवल। मंसिर ४ गते हुने प्रदेशसभा पदका लागि नवलपरासी पश्चिम क्षेत्र नम्बर २(क) धारा चिन्हका स्वतन्त्र उम्मेदवार खड्ग बस्नेतले मतदाता भेटघाटलाई तीव्रता दिएका छन् ।

मतदान गर्ने मिति नजिकिँदै गर्दा सर्वसाधारण माझ गएर गुनासो सुन्ने, सुझाव संकलन गर्ने, आफ्ना कार्ययोजनाहरू सुनाउने बस्नेतको दैनिकी जस्तै बनेको छ ।

चुनाव आउँदा मात्रै जनताको घरदैलोमा जाने र झुठो आश्वासन दिने प्रवृत्ति रहेकोले अब त्यस्ता खालका आश्वासनमा नफस्न र सही नेतृत्व छान्न मतदातालाई अनुरोध गरेका छन ।

” हामी २० रुपैयाँको एक किलो आलु किन्न कति छान्छौ तर ५ बर्ष देश जिम्मा लगाउने नेतृत्व छान्न किन सक्दैनौ तपाईं ले भोट चेन्ज गर्नु भयो भने देश बिकास हुनेछ” उनलेे भने ।

सामाजिक काम भनेसी दिनरात लागि पर्ने युवा नेता बस्नेत सर्वसाधारण माझ सजिलै घुलमिल हुने सरल स्वभाव र आम सर्वसाधारणको गुनासो सुन्न नहिचकिचाउने,भएकाले उनी लोकप्रिय बन्दै गएका छन ।



Ads