ताजा अपडेटः

उत्तरायणी नदिमा कात्तिक  २१ गते देखि मेला लाग्ने

उत्तरायणी नदिमा कात्तिक  २१ गते देखि मेला लाग्ने प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार २१:५१

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ खुटहट र रामग्राम नगरपालिका वडा नम्बर १४ को सिमानामा अबस्थित उत्तरायणि नदिमा मेला लाग्ने भएको छ ।

प्रत्येक बर्षको कात्तिक शुक्ल पक्षको चतुर्थीका दिन देखि मेला लाग्दै आएको यो बर्ष पनि कात्तिक  २१ र २२ गते मेला लाग्ने भएको हो ।

कात्तिक शुक्ल पक्ष चतुर्थिको दिन देखि २ दिन लाग्ने मेलाको पहिलो दिन नदि काे बिचमा बत्ति बाल्ने परम्परा तथा  मेला अबधिभर पुजापाठ गरिने उक्त समयमा उत्तरायणी नदिमा नुहाउनाले परिवारका सदस्यहरु निरोगी दिर्घायु तथा पुन्य प्राप्त हुने बिस्वास गरिएको छ।परापुर्व कालदेखी नै मेला लाग्दै आए पनि प्रचारप्रसारको कमि हुदा अझ भक्तजनलाई थाहा नभएको श्री उत्तरायणी मेला तथा सास्कृतिक कार्यक्रम ब्यबस्थापन समितिका अध्यक्ष धन बहादुर थापाले बताउनु      भयो ।

अध्यक्ष थापाले भने परापुर्व कालदेखी नै प्राकृतिक रुपमा रहि आएको उत्तरायणी नदि जुन ७०० मिटर उत्तरबाट दक्षिण र दक्षिणबाट उत्तर तर्फ बगेको छ। पुर्खाहरुको पालामा ठूलो संख्यामा मानिसहरुलाई हैजा रोग लागेको र त्यस ठाउमा पुजापाठ भजन मेला तथा नाचगान गरेकाले हैजा रोग निको भएको जनबिस्वास छ ।

उक्त ठाउँमा शिबको मन्दिर पनि रहेकाले साउन र शिबरात्रीमा हजारौ भक्तजनहरु पुजा गर्न आउने गर्दछन ।



Ads