ताजा अपडेटः

सुनवल-३ आसमवासीमा सवारी दुर्घटनमा परि एक वालकको मृत्यु

सुनवल-३ आसमवासीमा सवारी दुर्घटनमा परि एक वालकको मृत्यु प्रकाशित मिति: २३ आश्विन २०७९, आईतवार १७:४४

सुनवल। पश्चिम नवलपरासीको सुनवल-३ आसमवासी मा आज भएको सवारी दुर्घटनमा परि एक वालकको मृत्यु भएको छ ।

परासीबाट बुटवल तर्फ जादै गरेको बा २ च ७३३२ नम्बरको कारले पैदल हिडिरहेको ८ वर्षिय वालक प्रविन हरिजन लाई ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाईते भएका हरिजन लाई उपचारका लागी वुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा लैजादा गर्दा बाटोमै मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

ठक्कर दिएको सवारी र सवारी चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।



Ads