ताजा अपडेटः

पर्वतको बराचौरमा अबस्थित धार्मिक तथा पर्यटकीय स्थल शितल गुफा परिसरमा बृक्षरोपण

पर्वतको बराचौरमा अबस्थित  धार्मिक तथा पर्यटकीय स्थल शितल गुफा परिसरमा बृक्षरोपण प्रकाशित मिति: ९ आश्विन २०७९, आईतवार ११:४२

अमृत भट्टराई,पर्वत । पर्वतको विहादी गाउँपालिका वडा नम्बर २ बराचौरमा रहेको धार्मिक तथा पर्यटकीय स्थल शितल गुफा परिसरमा १०८ पिपल को बिरुवा रोपण कार्य सम्पन्न भएको छ।

कार्यक्रममा विहादी गाउँपालिका वार्ड नं २ का वार्ड अध्यक्ष गणेश शर्मा पौडेल, वार्ड सदस्य ज्ञानु गिरी, बर्राचौेर स्वास्थ्य चौकी प्रमुख भुपेन्द्र नाथ पौडेलले लगायत स्थानीयहरुको उपस्थित रहेको थियोे ।

हिन्दु धर्मावलम्बीको विभिन्न पुजा हुदै आएको यश गुफा भित्र भगवान् शिव पार्वती गणेश भगवान् का आकार भएका धेरै शिला रहेको छ । पछिल्लो समय यस शितल गुफा अवलोकन गर्ने बिहादी गाउँपालिका लगायत गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका , स्याङ्जाको वालिङ् नगरपालिका , गल्याङ नगरपालिका , बागलुङको जैमुनि नगरपालिका लगायतका स्थान बाट पर्यटन आउने गरेको शितल गुफा समितिका उपाध्यक्ष विष्णु पौडेलले बताए ।

यस गुफामा विशेषगरी शिबरात्रीमा विशेष पुजाआज सहित भजन कृतन हुनेगरेको पाईन्छ भने श्रावण महिनामा पर्ने सोमबार को दिन विभिन्न ठाउँबाट पुजा गर्न आउने गरेको स्थानीयले बताउँछन् । स्थानीयको पहलमा २,३ गरि विरुवा लिएर विरुवा रोपेका थिए ।

यसलाई प्रचारप्रसार सँग भौतिक संरचना बनाएर बर्राचौरको चिनारीको रुपमा अगाडि बढाउन जुनसुकै बेला पनि आफू तयार रहेको वडा नम्बर २ बर्राचौरका वडा अध्यक्ष शर्माले बताए ।