ताजा अपडेटः

कार्यक्रममा दोस्रो तथा उत्कृष्ट प्रस्तुती दिने शिक्षिकाहरु लाई सम्मान

कार्यक्रममा  दोस्रो तथा उत्कृष्ट प्रस्तुती दिने शिक्षिकाहरु लाई सम्मान प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार १२:१९

पश्चिम् नवलपरासीको सुनवलमा -१ मा अबस्थित
सुनवल लोटस इङ्लिस सेकेन्डरी विद्यालयले एक कार्यक्रमको आयोजना कार्यक्रममा सहभागि भई उत्कृष्ट प्रस्तुति दिने आफ्ना विद्यार्थिहरु लाई सम्मान गरेको छ ।

बिधालयले २०७९ भाद्र १४ गते हरितालिका तिजको अवसरमा सुनवल डान्स एकेडमीद्वारा आयोजित नगर स्तरिय बृहत तिज गित प्रतियोगितामा सहभागी भइ दोश्रो स्थान प्राप्त गर्न सफल बिधालयका शिक्षिकाहरु लक्ष्मी अधिकारी,शिरिसा गुरुङ,चन्द्रीका क्षेत्री ,सरस्वती पराजुली,मनिशा गुरुङ र अन्य सहभागी शिक्षिकाहरु र उत्कृष्ट नाच र गित प्रदर्शन गर्ने साना साना नानीहरुलाइ बिधालयमा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक नरेश्वोर पौडेल शर्माले विद्यार्थीहरुको अन्तरनिहित क्षमता लाई फस्फुटन गर्नको लागि विभिन्न कार्यक्रममा बिधार्थीको रुची अनुसार विभिन्न ठाँउ तथा समयमा आयोजना हुने अतिरिक्त क्रियाकलाप सम्बन्धी प्रतियोगिता तथा तालिममा विद्यालयले उच्च महत्व का साथ हेरी आफ्ना विद्यार्थीहरु लाई सहभागी गराउँदै आएको बताउदै यस बिधालयका विद्यार्थी मात्र होइन सम्पुर्ण शिक्षक शिक्षिकाहरु पनि अब हरेक कुरामा अब्बल र सबल हुनु पर्ने र समय अनुसार आफुलाई निखार्दै अघि बढ्नु पर्ने बताउनु भएको थियो ।

सुनवल नगरपालिका भित्रका १३ वटा समुहहरुको बिचमा सुनवल लोटस बाल क्लबबाट सहभागी साना साना बहिनिहरुको प्रस्तुती पनि सम्मानजनक रहेको र सम्पुर्ण अतिथिहरु एवं सम्पुर्ण दर्सकहरुले नि निकै मन पराएको र आगामी दिनमा पनि अझै प्रगती गर्दै सुनवल लोटस सबैकुरामा उत्कृष्ट हुनेछ भन्ने कुरा बताउदै धन्यवाद साथ खादा र टीका लगाई सम्मान गरिएको बिधालय सम्योक श्रेष्ठले बताउनु भयो।



Ads