ताजा अपडेटः

सुनवलमा वित्तिय साक्षरता एवम् तिज मिलन कार्यक्रम सम्पन्न

कल्पना खरेल
सुनवलमा वित्तिय साक्षरता एवम् तिज मिलन कार्यक्रम सम्पन्न प्रकाशित मिति: August 22nd, 2022

सुनवल।नवलपरासीको सुनवलमा वित्तिय साक्षरता एवम् तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । महिला तथा वाल वालीका उप-समिती एवम् लुम्बिनी सिस्टर सोसाइटिको आयोजनामा सो कार्यक्रम सुनवल वडा नम्बर ५ बनकट्टिमा सम्पन्न भएको हो ।
महिला तथा वालवालीका उपसमिति संयोजक जमुना देवी भुषालको अध्यक्षता ,सुनवल नगरपालीकाको नगर प्रमुख विमला अर्यालको प्रमुख आतित्थ्यता,नगर उप-प्रमुख सूर्य प्रसाद दुवेको विशिष्ठ आतित्थ्यता र जिल्ला सहकारी संघका संचालक तथा संस्थाका सल्लाहकार डिल्ली राज पाण्डे को विशिष्ट आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख विमला अर्यालले महिलाहरुलाई उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले महिलालाई व्यवसायीक बनाउनु सहकारीले पनि उल्लेख्य भुमिका खेल्नुपर्ने बताउर्दैे अबको महिला ले समाज रुपान्तरणमा नेतृत्वदायी भुमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । त्यसैगरी नगरप्रमुख अर्यालले महिलाहरुले आफुले जानेको सिपलाई उपयोग गर्नुपर्ने अवस्था आएको बताउदै महिलाहरु आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै संस्थाका व्यवस्थापक बद्रि पगेंनीले सहकारीको ऐन र यसमा आवद्ध हुदा हुने फाईदाहरुको विषयमा प्रकाश पार्नुभएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार डिल्ली राज पाण्डे र संस्थाका अध्यक्ष लेखनाथ खरेलले सहकारीको वर्तमान अवस्था,सहकारीको चुनौती र सहकारीले गर्दै आएको कामकोे विषयमा प्रष्ट पार्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय कलाकार राजेश भण्डारी र राशी रिजालको सहभागिता रहेको थियो । उहाँहरुले तिज गित गाइ कार्यक्रममा अझ रौनक छर्ने काम गर्नुभएको थियो ।
सुनवल नगरपालीकाका प्रवक्ता कृष्ण प्रसाद बगाले,संस्थाका जननिर्वाचित महिला प्रतिनिधिहरु, संचालक समिति, लेखा सुपरिवेक्षण समिति, संलाहकार, विभिन्न उप-समितिका सदस्य, लुम्बिनी सिस्टर सोसाइटिका सिस्टरहरु, र सस्ंथामा आवद्ध महिला सेयर सदस्यहरु गरी जम्मा १८०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन सिस्टर सोसाईटिको संयोजक कमला पाण्डे घिमिरे र सह-संयोजक कल्पना अधिकारीले गर्नुभएको थियो ।




Ads