ताजा अपडेटः

सुनवलमा १ दिने आखाँ शिबिर सम्पन्न

सुनवलमा १ दिने आखाँ शिबिर सम्पन्न प्रकाशित मिति: ६ भाद्र २०७९, सोमबार १९:०९

सुनवल। पश्चिम् नवलपरासीको सुनवलमा १ दिने आखाँ सिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखाको आयोजना तथा डा. विनोद निता कण्डेल आखाँ अस्पताल परासीको प्राविधिक सहयोगमा विरेन्द्र आधारभूत विद्यालय सुनवल ४ बेलारीमा आखाँ सिविर सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत १ सय ५५ जना विद्यार्थीहरुले अखाँ जचाएकोमा २२ जना विद्याथीहरुले चश्मा प्रयोग गर्नुपर्ने भएको हुदाँ चश्मा समेत उपलब्ध गराईएको विद्यालयका प्रधानाध्यापक भविश्वर पाण्डेले जानकारी दिनुभएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बसन्त कुमार श्रेष्ठ को अध्यक्षता ,नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखा सभपति गोपाल प्रसाद शर्माको प्रमुख आतित्थ्यता र नेपाल रेडक्रस सोसाईटि नवलपरासी जिल्ला उपसभापति कृष्ण प्रसाद लामिछानेको विशिष्ट आतित्थ्यतामा सम्पन्न भएको थियो ।

सो आखाँ सिविर कार्यक्रम संचालनमा विद्यालय व्यवस्थापन समिति शिक्षक अविभावक संघ, सल्लाहकार समिति तथा विद्यालयका प्रधान-अध्यापक तथा शिक्षकहरुको सक्रियतामा भएको हो ।



Ads