ताजा अपडेटः

पर्वतको बिहादी २ बर्राचौरकी एक महिला एक हप्तादेखि बेपत्ता, खोजीदिन परिवारको आग्रह

पर्वतको बिहादी २ बर्राचौरकी एक महिला एक हप्तादेखि बेपत्ता, खोजीदिन परिवारको आग्रह प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलवार ०७:५५

अमृत भट्टराई ,पर्वत । पर्वतको बिहादी गाउँपालीका २ बर्राचौरकी अन्दाजी २५ वर्षकी सपना गिरी एक हप्तादेखि सम्पर्क बिहीन भएकी छिन् । जिल्लाको बिहादी गाउँपालिका २ बर्राचौर नौनादी घर रहेकी गिरी श्रावण ११ गतेदेखि बे प त्ता भएकी हुन् ।

घरबाट साउन ११ गते दिउँसो १२ बजे तिर घर नजिकैको खेतमा पानी लगाउन भनेर निस्किएकी उनी अहिलेसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । उनी हराएसगैं परिवार र उनका माइती चिन्तामा परेको उनका परिवारले जानकारी दिए ।
परिवारका अनुसार उनी केही समय देखि सुस्त मनस्थितिमा रहेको बताए परिवारले आग्रह गर्दै भने कतै तपाईंहरूले देखेमा उनको नम्बर 9808624714 वा 9863379075, 9847615667 मा कल गरेर सहयोग गरिदिन आग्रह गरे । पनि । उनको माइत बागलुङ रहेको र माइतमा पनि नगएको खबर आएपछि परिवार निकै चिन्तित बनेका छन् ।
ऊनी साउन ११ गते घरबाट निस्कने बेला उनले रातो टिसर्ट कालो सुरूवाल र कालो सलमा उनी घर बाट निस्केको परिवारले जनाएको छ ।



Ads