कृष्ण थापा। पश्चिम् नवलपरासीको सुनवल वडा नम्बर ३ मा स्थित नवकिरण बाल क्लबको आयोजनामा लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
क्लबका उपाध्यक्ष कृष्ण थापाको अध्यक्षतामा,वडा नम्बर ३ का वडा सदस्य भुमिकला शर्माको प्रमुख आतिथ्यतामा, वडा नम्बर ३ को वडा सदस्य लक्ष्मी परियारको विशेष आतिथ्यतामा र वडा नम्बर ३ को बालमैत्री स्वयम सेवक शान्ती शिरीष लगायत क्लबका सम्पुर्ण सदस्यहरुको उपस्तिथिमा कार्यक्रम भएको थियो ।
कार्यक्रम दुई समुहमा बिभाजन गरिएको थियो एउटा समूह ५-१० बर्ष उमेर सम्मका बालबालिकाको थियो भने अर्को समूह ११-१६ बर्ष उमेर सम्मका बालबालिकाको थियो।
कार्यक्रममा ५-१० उमेर सम्मका बालबालिका मध्य भुमिका भट्टराई प्रथम,समृद्धी न्यौपाने द्वितिया र वष्णवी साउद तृतीय स्थान हासिल गर्न सफल भए।
यसै गरि अर्को समूह ११-१६ वर्ष उमेर सम्मका बालबालिकाको समूह मध्ये रितु पङ्गेनी प्रथम,महेश क्षेत्री द्वितिया र रिजन पाण्डे तृतीय स्थान हासिल गर्न सफल भएका हुन।
कार्यक्रममा पुरस्कार प्रदान गर्दै कार्यक्रमका अध्यक्ष कृष्ण थापाले बालबालिकाले आफुमा रहेको प्रतिभा लुकाउन नहुने बताउदै बाल क्लब भनेको बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गर्ने माध्यम बनेको बताउनु भयो । कार्यक्रम सन्चालन क्लबका सदस्य एलोन थापा र सोयम साहु ले गरेका थिय ।