कल्पना खरेल
प्रकाशित मिति: १६ माघ २०८२, बिहीबार १८:०१ सुनवल , माघ१६ गते । भाेलि माघ १६ गतेदेखि
“दोस्रो जेनिथ स्मृति कप नकआउट फुटबल प्रतियोगिता–२०८२” सुनवल-३, किर्तिपुर खेलमैदानमा हुने भएकाे छ ।
जेनिथ युथ क्लबको आयोजनामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै क्लबका अध्यक्ष निकेश गुरुङले सोे जानकारी दिनुभएको होे । “फुटबल खेलमैदान निर्माणको अभियान, सुनवलकाे गाैरवमा तपाईंको याेगदान ” भन्ने मुल नारा सहित सुरू हुन लागेकाे फुटबल प्रतियोगितामा करिब ७ लाख खर्च हुने अनुमान गरिएकाे छ । क्लबका अध्यक्ष गुरूङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता आयाेजना गर्न लागिएको जानकारी गराउनुभयाे ।
स्थानीय सुनवल नगरपालिकाले केही आर्थिक सहयाेग गर्ने आश्वासन दिएपनि क्लबले देउसीँभैलाे खेलेर उठेका रकम, स्थानीयबासीकाे सहयाेग, विभिन्न संघसंस्था र बिदेशमा रहने दाजुभाइहरूकाे आर्थिक सहयाेगबाट उक्त फुटबल प्रतियोगिता संचालन गर्न लागिएको उहाँको भनाइ थियाे ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रू .१ लाख २० हजार रर द्वितीय हुने टिमलाई नगद रू.६० हजार रपुरस्कार प्रदान गरिनेछ । त्यसैगरी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई रू. ४-४ हजार , प्रत्येक दिनकाे उत्कृष्ट खेलाडीलाई रू १ हजार पाचँ सय र सर्वाधिक गोल गर्ने खेलाडीलाई रू ५ हजार र पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएकाे छ ।
यस खेलले युवालाई स्वस्थ र फुर्तिलो बनाउनुकाे साथै रचनात्मक साेचकाे समेत विकास गर्ने विश्वास लिइएकाे
एन्फा नवलपरासीका कार्यबाहक अध्यक्ष ज्ञानु गुरुङले बताउनुभयो।
भोलि हुने पहिलाे खेल दिउँसो १ बजे बि.एफ.सी. खैरेनी रूपन्देही र नदुवा एफ.सी. सुनवल ३ बिच कडा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।