कल्पना खरेल,नवलपरासी । महाकवि देवकोटा क्याम्पस सुनवल नवलपरासीको १३ औ वार्षिक क्याम्पस सभाले अध्यक्षमा पुनः कृष्ण प्रसाद लामिछानेलाई सर्वसम्मत चयन गरेकाे छ ।
आज आइतबार संघिय सांसद धुर्व बहादुर प्रधानको प्रमुख आतिथ्यतामा बसेका क्याम्पस सभाले उनलाई अध्यक्षमा पुनः मनाेनित गरेकाे हाे । भने माइनाेट प्रमाणितमा क्याम्पसकाे आजिवन सदस्य द्वय चण्डिप्रसाद पाण्डे र प्रतिमा कार्कीलाई चयन गरकाे छ ।
साेहि क्रममा बाेल्दे पुर्व कानूनमन्त्री समेत रहनुभएका संघिय सांसद प्रधानले सरकारमा बस्ने व्यक्तिहरूले सहि निर्णय लिन नसकेका कारण पछिल्लो पटक यूवा पलायन माैलाएकाे बताउनुभयाे ।
सांसद प्रधानले विदेशीनु रहर भन्दा बाध्यता भएकाेले व्यवहारी शिक्षा अहिलेकाे प्राथमिकता भएकाे भन्दै , देशमै राेजगार सिर्जना गर्ने शिक्षा अहिलेकाे आवश्यकता रहेकाे धारणा राख्नुभयाे । साथै प्रधानले यश क्षेत्रकाे शैक्षिक विकासमा आफ्नाे सहयाेग सदैब रहने प्रतिवद्वता समेत व्यक्त गर्नुभयाे ।
त्यसैगरी कार्यक्रममा बाेल्दै सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्यालले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेरअघि बढिरहेकाे बताउनुभयाे । नगरप्रमुख अर्यालले नेतृत्वप्रतिकाे आलाेचनालाई सिखकाे रूपमा लिएकाे भन्दै स्थानीय सरकारले परिणाममुखि काम गर्छ र गरेरै देखाउनेमा प्रतिबद्ध रहेकाे विचार व्यक्त गर्नुभयाे।
साेहि क्रममा उपप्रमुख सुर्य दुवे,उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य केशव भण्डारी,वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी, संस्थापक अध्यक्ष थानप्रसाद गैरे, निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेल,क्याम्पस आजिवन सदस्य कृष्णबन्धु अर्याल ,संस्थापक सदस्य देवी घिमिरे ,सल्लाहकार सदस्य हुमाकान्त पाण्डे, उमानाथ पाेख्रेल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
शिक्षक हरिदत्त शर्माकाे संचालन तथा क्याम्पस संरक्षक बुद्वराज घिमिरेकाे स्वागत रहेकाे कार्यक्रममा क्यापस व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेले अध्यक्षकाे प्रतिबेदन र नारायण ढकालले क्याम्पस प्रमुखकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य सहित वि.स. २०६० सालमा स्थापना भएकाे यश क्याम्पसले हाल सम्म आउदा लुम्बिनी प्रदेशक कैउत्कृष्ट क्याम्पसकाे रूपमा आफुलाई स्थापित गरेकाे छ । क्याम्पसमा वार्षिक प्रणालीतर्फ विविएस,विएड,र विएकाे साथै सेमेष्टर प्रणाली तर्फ एमविएस विविए र विआईसिटिई जस्ता कार्यक्रम सन्चालन गर्दै आएकाे छ ।