प्रदिप न्यौपाने ,धनगढी । आज कैलाली प्रहरीलाई फेरि अर्काे सफलता मिलेको छ। धनगढीमा मोवाइल ग्यालरीले तस्करी गर्ने गरेको थाहा पाएपछी लाल बा. चन्दको टोलीले मोबाइल ग्यालरी नियन्त्रणमा लिएको थियो। तष्करीमा ब्यापारीनै संलग्न रहेको खुलेको छ।
धनगढी ट्राफिक चोकमा रहेको स्टार मोबाईल ग्यालेरीका संचालकले आफै भन्सार छली गरेको पुष्टि भएको छ। सिमा नाकामा ससस्त्र प्रहरी ,भन्सार कर्मचारीहरुको आर्थिक चलखेलका कारण राजस्व चुहावट हुने देखिएको छ, जसको कारण सिमा हुने तस्करी अझै रोकिएको छैन ।
यता नेपाल प्रहरीले भने आफुले पाएको जिम्मेवारीबाट पछी नहटि काम गरेको र तस्करीलाई कुनै हालतमा उम्कन नदिने बताएकाे छ । भारतसँग सीमा जोडिएका अधिकांश बीओपीहरु सेटिङमा तस्करले अवैध सामान तस्करी गर्दै आएको आरोप सशस्त्र प्रहरी बलमाथि छ । सीमाक्षेत्रमा हुने अवैध तस्करी रोकथामको पहिलो जिम्मेवार निकाय सशस्त्र प्रहरी नै हो । अनुगमनका क्रममा उनीहरूले नै प्रभावकारी काम नगर्दा तस्करी बढेकाे देखिन्छ । धनगढीमा तस्कर भन्सार छलेर सामान भित्राउन छाड्दैन तर नेपाल प्रहरी तस्करीको सामान बरामद गर्न पछि हटेको छैन कैही समय अधि ठूला ठुला तस्करी नेपाल प्रहरीकै हातमा परेको छ।